कपिलवस्तुः आज कपिलवस्तुमा दुई जना महिला ३७ केजी चरेससहित पक्राउ परेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं.२ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारततर्फ जाँदै गरेका अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको टोलीले शंका लागि निगरानी गर्दै गर्दा कृष्णनगरमा भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर मनहरी गाँउपालिका-९ कि ४० वर्षीया शान्ति तामाङ र साबिक रोल्पा उवा गाविस ५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ वर्षीया वसन्ती घर्तीलाई प्रहरीले चरेससहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिन्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको अवस्थामा फेला परेको र थप अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशितः ७ असोज, २०७७