सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि



कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालामा आज (बुधवार) ४ सय २८ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमितमध्ये २६ जना धनगढीका मात्रै छन् । श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिका वडा नं.२ का ८ जना र धनगढी उप-महानगरपालिका वडा नं.१३ का ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, वडा नं.१, ३ र ५ का २-२ जना, वडा नं.४, ११, १४ र १८ का १-१ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिकाका ४ महिला, ४ पुरुष गरी ८ जना, भजनी ६ कैलालीका १ जना र कृष्णपुर नगरपालिका २ का १ जना गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्