उखुबारीमा सडिसकेको अवस्थामा शव फेला



सर्लाही : सर्लाहीको दक्षिण पश्चिम क्षेत्र धनकौलमा आज (बुधबार) बेवारिसे अवस्थामा शव फेला परेको छ ।

धनकौल गाउँपालिका-२ सहनी टोलस्थित उखुबारीको बीचमा अन्दाजी ३२-३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मधेसी समुदायको पुरुष जस्तो शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको प्रहरीको उनको भनाइ छ । दिउँसो खेतमा घाँस काट्न गएका स्थानीयले गन्हाएको थाहा पाएपछि शव भेटेर प्रहरीलाई खबर गरेका थिए ।

उक्त स्थानमा घरेलु मदिरा उत्पादन हुने भएकोले अत्याधिक मदिरा सेवनका कारण ति व्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्