बलिउड अभिनेता आयुष्मान प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल



काठमाडौंः टाइम्स म्यागेजिनको सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् ।

२०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन् । यो वर्ष टाइम म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन् । उनले यो खबरबारे आफ्नो इन्स्टाग्राम मार्फत् पुष्टि गरेका छन् ।

‘टाइमको विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकोमा गर्व महसुस भइरहेको छ,’ उनले भनेका छन् । खुराना प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि नायिका दीपिका पादुकोणले खुशी व्यक्त गरेकी छिन् । ‘मैले खुरानालाई उनको पहिलो फिल्म विक्की डोनरबाट चिनेकी हुँ । उनी त्यसअघि पनि अलग अलग तरिकाले बलिउडको हिस्सा बनेका छन् । उनले निभाएका चरित्र सुन्दर यादगार रहेका छन्’, उनले लेखेकी छिन् ।

अधिकांश पुरुष कलाकार तागतवाला भूमिकामा फसिरहँदा खुरानाले यस्ता भूमिकालाई तोड्दै कयौं चुनौतीले भरिएका चरित्र निभाएका छन् । जहाँ उनी सफल पनि छन् । एजेन्सी

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्