चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग मिचेको छैन- मन्त्री ज्ञवाली



काठमाडौं– नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ।

हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताए ।

लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको उनले बताए । अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उनले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरु ल्याउने बताए ।

उनले भने– ‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ । त्यति बेला अन्तरमन्त्रालय छानबनि समिति (गृह। परराष्ट र नापीहहित)को टिमले स्थलगत अध्ययन गरेर १ किलोमिटर चिनियाँ भूमि भित्र बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परेपनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्याहरु सार्वजनकि हुनेछन् ।’’

उनले केरुङ रसुवागडीमा नाकामा केही श्रमिकहरुलाई कोरोना पोजेटिभ देखिएकाले सामान रोकिएको बताए । समस्या समाधान भएपछि आज बीसीजी लगायत अत्यावश्यकीय खोप र औषधि नेपाली भूमिमा आएको पनि बताए । चीनतर्फ रोकिएका सामानहरु एक हप्ताभित्र नेपाल ल्याउने कुरामा सहमति भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्