काम लगाइदिने बहानामा किशाेरीहरुलाई ललाइफकाई लैजाने युवती पक्राउ



पाल्पा : काम लगाई दिने बाहानामा तीन बालिकाहरुलाई लैजादै गर्दा एक युवती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका–७ तिनटीआँपबाट बुटवलतर्फ बालिका लैजादै गरेको अवस्थामा शर्मीला खत्री पक्राउ परेकी हुन्।

 

बिहान ३ बजे घरबाट सरसामाग्री सहित झोला लिएर हिँडेका तीन बालिकासहित खत्रीलाई स्थानीयले पक्राउ गरी प्रहरीमा खबर गरेका थिए। बुटवल उपमहानगरपालिका–१३, देविनगर बस्दै आएकी शर्मिला खत्री दशैंमा मावली घर आएको समयमा बालिकाहरु फकाएर हिँडेको अवस्थामा पक्राउ गरिएको स्थानीय अर्जुन थापाले बताए। थापाले उनलाई पक्राउ गर्न सफल भएकाले तीन चेली बेचिनबाट बचेको बताए।

 

बुधबार बिहान ३ बजेको समयमा शर्मीलाले एउटै गाउँका तीन युवतीलाई बुटवल काममा लगाईदिने भन्दै घरबाट निकालेको उनले बताए। घरमा सुतिरहेका छोरी नदेखेपछि खोजी गर्दा उनी बालिकासहित पक्राउ परेकी हुन्।

प्रतिक्रिया दिनुहोस्