स्याङ्जा पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता (नामावलीसहित)



स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका– १४ तमादीमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् उमा उक्त घरमा पाहुना बस्न गएकी थिइन् ।

पहिरोमा परी अझै ४ जना बेपत्ता रहेको छन् भने माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।मनिषालाई उपचारका लागि वालिङ अस्पताल पठाइएको डीएसपी अधिकारीले बताए ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको छ ।

स्थानीय बाबुराम दमाईको घरमाथिबाट खसेको पहिरोले घर गएको छ । पहिरोमा परि मृत्यु भएका विष्णु बाबुरामका छोरा हुन् ।

बुधबार राति २ बजे आएको पहिरोले घर बगाउँदा विष्णु परिएका थिए । बिहीबार बिहान साढे ५ बजे उनलाई उद्धार टोलीले मृत अवस्थामा फेला पारका थिए ।

यो पनि :-

स्याङ्जामा पहिरो जाँदा दुई जनाको मृत्यु, ८ जना बेपत्ता

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्