डा. केसीको समर्थनमा वीरगञ्जका चिकित्सक, हातमा कालोपट्टी बाँधेर काम



वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् । उनीहरुले आज (बिहीबार) हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डा. केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको जनाएको छ ।

शाखा सचिव उदय नारायण सिंहले विज्ञप्ति जारी गरी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।

डा.केसीले गत भदौ २९ गतेदेखि जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौरस्थित बाविरामष्ट मन्दिरमा अनसन शुरु गरेका हुन् । उनले १९ बुँदे माग अघि सारेका छन् ।

स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ । राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरमा जान नमानेपछि उनकै स्वइच्छामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

यो पनि:-

डाक्टर केसीद्वारा १९ औं सत्याग्रह शुरु

अनशनरत डा. केसीलाई काठमाडौं पठाइयो

डा.केसी शिक्षण अस्पताल भर्ना, अनशनलाई त्यहीँबाट निरन्तरता दिने\

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै आलोचना र विरोध सुरु हुन

कैलाली– कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य राम कुमारी झाँक्रीले सरकार के को लागि

काठमाडौं– कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले

काठमाडौं– कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा

काठमाडौं : हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीका बेला नागरिकलाई समान रुपमा उपचार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदबाट भागेको सरकारलाई