युवकको बाम्फोक प्रहारबाट तीन जना घाइते



ताप्लेजुङ : जिल्लाको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा २२ वर्षीय युवकले बाम्फोक प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति लाक्पा भोटेले आफ्नै ठूलीआमा ६० वर्षीया फुटि भोटे, फुटिकका छोराहरु ३६ वर्षिय पासाङ भोटे र १८ वर्षका छिरिङ भोटेलाई बाम्फोक हानेर गम्भीर घाइते बनाएका हुन् ।

वडाध्यक्ष टसी लामाका अनुसार बाम्फोकको प्रहारबाट फुटिको टाउको र गर्धनमा चोट लागेको छ भने पासाङको टाउको र हात तथा छिरिङको टाउको र गर्धनमा चोट लागेको छ । उनीहरु सुतेको अवस्थामा घटना भएको हो ।

घाइतेहरुको याम्फुदिन स्वास्थ्य स्वाथ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । घाइते तीनैजनाको यहाँ उपचार सम्भव नभएका कारण प्रशासन कार्यालयसँग समन्वय गरेर हेलिकप्टर मगाएको लामाले बताए । यद्यपी गाडी भेट्न एक दिन पैदल हिँडेर हप्पुखोला पुग्नुपर्छ ।

घटनापछि फरार रहेका लाक्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्