शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह



काबुल : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पुर्याउन उनले सो आग्रह गरेका हुन् । राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताए । राष्ट्रपति असरफ घानीले भने– हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ ।

हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानीहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ । राष्ट्रपति असरफ घानीले वार्ता गरेर मात्र हुदैन र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको छ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इण्डियन्सले शानदार जित हात पारेको छ

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका