प्रहरी उपरीक्षकसहित आठ जनालाई कारबाहीको सिफारिश



काठमाडौं : हत्या आरोपमा पक्राउ परेका एक दलित युवकलाई प्रहरी हिरासतमा चर्को यातनापछि मृत्युवरण गर्न बाध्य बनाएको आरोपमा रौतहट प्रहरीका तत्कालीन प्रहरी उपरीक्षकसहित आठ जनालाई कारबाही गर्न सिफारिश गरिएको छ ।

गृहमन्त्रालयले गठन गरेको घटना अध्ययन तथा छानबिन समितिले कारबाहीको सिफारिश गरेको हो । मृतक युवाका परिवारसहित गठित दलित संयुक्त संघर्ष समितिले प्रहरीउपर कारवाही नभएसम्म आन्दोलन उग्र बनाउँदै लैजाने रणनीति अख्तियार गरेपछि गृहमन्त्रालयले उपसचिव डोलेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

त्यो छानबिन समितिले घटनाको स्थलगत अध्ययन गरी गृहमन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको छ । समितिका एक अधिकारीका अनुसार तत्कालीन प्रहरी अधिकारीहरुको चरम लापरबाही र हेलचक्र्याईका कारण हिरासतमा रहेका अभियुक्तको मृत्यु भएको निष्कर्ष निकालिएको छ । हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई हिरासतमा चरम यातना दिइएकोसमेत ठहर गर्दै समितिले तत्कालीन प्रहरी उपरीक्षकसहितका प्रहरी अधिकारीउपर कारबाहीको सिफारिश गरेको हो ।

को को परे कारबाही सिफारिशमा ?
रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खडका, इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायव निरीक्षक वीरेन्द्र यादव, प्रहरी हवल्दारहरु मुन्नुकुमार सिंह र हिरोज धुनिया तथा प्रहरी जवानद्वय अजय यादव र रुपेश कुशवाहालाई कारबाहीको सिफारिश गरिएको छ । यसअघि छानबिनकै क्रममा प्रहरी प्रधान कार्यालयले प्रनि सिंह, प्रनानि यादव, प्रहरी हवल्दारद्वय सिंह र धुनियालाई निलम्बन गरेको थियो भने प्रहरी उपरीक्षक खडका र प्रनाउ महतोलाई रौतहटबाट अन्यत्र सरुवा गरेको थियो । समितिले प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकेको छ । गृहले प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने तयारी गरेको स्रोतले जनाएको छ ।

के थियो घटना ?
गरुडा नगरपालिकास्थित जिगडियाका युवक निरञ्जन रामको हत्या आरोपमा प्रहरीले त्यहीकै विजय रामसहित छ युवकलाई पक्राउ गरेको थियो । निरञ्जन र विजय आफन्छ पर्छन । परिवारजनले निरञ्जनको हत्या विजय नगरेको भनिरहेका थिए । तर प्रहरीले विजयसहित छ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राख्यो । प्रहरी हिरासतमा विजयलाई चर्को यातना दिइएपछि उनी बिरामी भए । अशक्त भए, हिडडुल उठबससमेत गर्न सकेनन् । मरणासन्न हुने गरी कुटपीट गरिएपछि युवक विजयको अवस्था विग्रिदै गएको देखेर प्रहरीले उनलाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि लग्यो । त्यहाँ उनले प्रहरीले चरम यातना दिएको भने । उनको भिडियो रेकर्ड पनि गरियो । शरीरभरि निलडाम थियो । त्यहाँ उपचारकै क्रममा उनको निधन भयो ।

दलित आन्दोलित, संघर्ष समिति गठन
निरञ्जन रामको हत्या गाउँका अर्के व्यक्तिले गरेको भन्दै दलित समुदायले विजय रामलाई जबर्जस्ती फसाएको भन्दै आएका थिए । दोषीलाई छाडेर निर्दोषलाई पक्रेको भनेर दलित समुदाय आन्दोलित भइरहेकै क्रममा विजयको चरम यातनाबाट मृत्यु भएपछि दलित समुदाय थप आन्दोलित भए । संघर्ष समिति गठन गरे । उनीहरुले प्रहरीले राजनीतिक दबाब र प्रभावमा परेर दलित समुदायलाई हत्याको आरोपमा पक्राउ गर्ने र चरम यातना दिएर जबर्जस्ती साविती वयानको प्रयास गरेको र साविती वयान नदिएपछि मरणासन्न गरी कुटपीट गरेको समितिको आरोप छ ।

प्रहरीविरुद्ध जाहेरी दरखास्त
प्रहरीको चरम यातनाका कारण प्रहरी हिरासतमै विजयको मृत्यु भएपछि परिवारजनले रौतहट प्रहरीविरुद्ध प्रहरी कार्यालयमै जाहेरी दरखास्त दिए । तर प्रहरीले जाहेरी लिन मानेनन् । त्यसपछि जिल्ला न्यायाधिवक्ताको कार्यालयमा जाहेरी दिइयो । शुरुमा लिन नमाने पनि चर्काे दबावपछि सरकारी वकिलले जाहेरी दर्ता गरे । सरकारी वकिलले जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

स्थानीय प्रहरीले शुरु गर्यो छुट्टै अनुसन्धान
सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि पत्राचार गरेपछि छ जना प्रहरीविरुद्ध अनुसन्धान शुरु गरिएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिबिक्रम शाहले बताए । पत्रसाथ जाहेरी प्राप्त भएपछि अनुसन्धान शुरु गरेका छौ, केही प्रहरी निलम्बनमा परेका छन, उनले भने–‘दोषी देखिए जो कोहीविरुद्ध कारबाही हुन्छ ।’ गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले प्रतिवेदन पेश गरे पनि स्थानीय प्रहरीद्वारा घटनाको सुक्ष्म विश्लेषण र प्रहरी अधिकारीको लापरबाहीका विषयमा अध्ययन गरिरहेको बताइएको छ ।

परिवारले अझै बुझेनन् विजयको शव
प्रहरी अधिकारीउपर कारबाहीको सुनिश्चितता नभएसम्म मृतक विजय रामको शव नबुझ्ने अडानमा परिवारजन छन् । गत २१ दिनदेखि विजयको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । परिवारजनकै मागबमोजिम विजयको शव शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो । उनको मृत्यु गम्भीर चोट र यातनाबाट भएको देखिएको पारिवारिक सदस्य तथा संघर्ष समितिका पनिलाल महराले बताए । प्रहरी अधिकारीलाई जोगाउने चलखेल अझै भइरहेको भन्दै उनले दलित समुदायमाथि अन्याय भइरहेको बताए । दोषीलाई उन्मुक्ति दिएर निर्दोषलाई फसाउन प्रहरीले गम्भीर षडयन्त्र रचेको आरोप लगाउँदै उनले हत्याका आरोपी भने राजनीतिक आवरणमा खुलेआम घुमिरहेको आरोप लगाए ।

प्रदेश सरकारद्वारा छानबिन
प्रदेश सरकारले पनि यस विषयमा उच्चस्तरीय समिति बनाएर छानबिन गरिरहेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख डीआइजी र मुख्य न्यायाधिवक्ता सम्मिलित समितिले त्यस विषयमा अध्ययन तथा छानबिन गरिरहेको मन्त्री यादवले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग पनि छानबिनमा
राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि त्यस घटनाको अध्ययन तथा अनुसन्धान गरिरहेको छ । आयोगको जनकपुरस्थित प्रादेशिक कार्यालयको टोलीले छानबिन गरिरहेको आयोगले जनाएको छ । छानबिनपछि प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने