५ बजे मन्त्रिपरिषद् बैठक बस्ने



काठमाडौंः आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको हल्ला चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।

साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । नियमित विषयमा छलफल हुने बताइएको छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्