नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा



चितवन : नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाएपछि दुईतर्फी सडक सञ्चालनमा आएको हो ।

आज अपराह्न १२ः ५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नं.६ चार किलोमा बुधबार राति ९ः २० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय चितवनले दुईतर्फी सवारी साधन सञ्चालनमा आएको जनाएको छ । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्