महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण



काठमाडौं– गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ ।

तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भयो । साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न विषय पारित भए ।

यो सँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागत योग्य भएको बताइन् ।

महिला क्रिकेटमा लागेको लामो समय पछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा व्यक्त गरिन् ।

त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमका रुपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदैे आएको छ । न्युन अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुत पनि महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोडिरहेका छन् । कप्तान रुबिनाले भने जस्तै उप कप्तान सीता राना मगरले पनि ग्रेडिङ गरि महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन् ।

अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को लामो प्रतिबन्ध पछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो