गण्डक ब्यारेजमा पानीको बहाव उच्च, ३६ वटै ढोका खोलियो



नवलपरासी पश्चिम : नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

लगातार परेको वर्षाका कारण पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो ।

नदीमा बुधबार साँझबाट प्रतिसेकेन्ड ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।

बिहीबार बिहान ९ बजे ब्यारेजमा ३ लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भएको थियो । ३ लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान गरिएको छ ।

नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । अहिले नारायणी नदीमा ८.७ मिटर पानीको सतह छ । नारायणी नदीमा ८ मिटर पुगेपछि खतराको सूचक मानिन्छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्