अभिनेता नवाजुद्दीन सिद्दीकीमाथी बलात्कारको आरोप



नयाँ दिल्ली– बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीमाथी बलात्कारको आरोप लागेको छ । सिद्दीकीकी पत्नी आलियाले उनी विरुद्ध बलात्कार र धोकाधडीको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।

आलियाले मुम्बई स्थित वर्सोवा प्रहरी कार्यालयमा उजुरी दर्ता दिएकी हुन् । नवाजविरूद्ध भारतीय दण्ड संहिताको धारा ४२० र ४९३ अन्तरगत कारवाही माग गर्दै उजुरी दर्ता गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नवाजुद्दीनविरुद्ध लिखित गुनासो पेश गर्दै आलियाका वकिलले भने, ‘आलियाले वर्सोवा प्रहरी चौकीमा बलात्कार, ठगीको विस्तृत लिखित उजुरी दर्ता गरेकी छन् । नवाजुद्दीन सिद्दीकीविरूद्ध भारतीय दण्ड विधानको धारा ३७५, ३७६ (के), ३७६ (एन), ४२० र ४९३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यस मुद्धामा एफआईआर पनि छिट्टै रजिस्टर हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्