बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या



बझाङ : बझाङको मष्टा गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

गाईवस्तु बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिकाको गहना लुटेर बलात्कार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

बुधबार अबेरसम्म घर नफर्किएकी बालिकाको खोजी गर्ने क्रममा गाउँभन्दा २ किलोमिटर टाढा शव फेला परेको बताइएको छ । मष्टा गाउँपालिका-२ का वडा अध्यक्ष शेरबहादुर खड्काका अनुसार बालिकाको शव नग्न अवस्थामा भेटिएको थियो ।

बालिकाले कानमा लगाएको मुन्द्रासमेत लुटिएको र शरीरमा निलडाम रहेको बताइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्