वाणगंगामा बाढीले गाडी बगाउँदा बेपत्ता दुई जनामध्ये एक जनाको शव फेला



कपिलवस्तु : वाणगंगा नगरपालिकाअन्तर्गत वनगाई भलवाड सडकखण्डको कोइली खोला कजवेमा आएको बाढीले गाडी बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एउटा शव भेटिएको छ ।

बुधबार बगाएर बेपत्ता भएका अर्घाखाँची शितगंगा नगरपालिका–१३ का केशवप्रसाद भाटको शव बिहीबार दिउँसो वाणगंगा नदीको सुठौली नजिक भेटिएको हो । गाडी चालक ३५ वर्षीय विद्युत कर्मचारी माधवप्रसाद पाण्डेको शव भने बुधबार साँझ फेला परेको थियो ।

बाढीले बगाएर बेपत्ता भएका नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज शाखाका इञ्चार्ज कृष्णप्रसाद पौडेलको भने खोजी कार्य अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाअन्र्तगत जितपुर फ्युज शाखाको ६ जना सवार बा १ ञ १०८९ नम्बरको गाडी बुधबार बाढीले बगाएको थियो । गाडीमा सवार ६ जनामध्ये ३ जनाले गाडीबाट निस्केर ज्यान जोगाएका थिए भने गाडीसँगै बाढीमा बगेका ३ जनामध्ये २ जनाको शव भेटिएको छ ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्