देशभर एक हजार ४९७ जनामा संक्रमण, १७ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् । त्यस्तै थप १७ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा तीन पुरुषसहित चारजना, भक्तपुरमा एक महिला र एक पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै उपत्यकामा ७५५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७५५ जनामा संक्रमण देखिएको हो। काठमाडौंका ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्