जानकी सरोवरको सौन्दर्यीकरण गरिंदै



जनकपुरधाम : प्रदेश २ सरकारले जनकपुरधामस्थित जानकी सरोवर पोखरीको सौन्दर्यीकरण गर्न लागेको छ ।

जनकपुधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित ऐतिहासिक महत्व बोकेको “जानकी सरोवर“ को सौन्दर्यीकरण र संरक्षणका लागि प्रदेश २ सरकारले आज (शुक्रबार) डीपीआर गरेको हो ।

निकट भविष्यमै इस्टिमेट गरेर सौन्दर्यीकरणको काम अगाडि बढाईने वडाध्यक्ष जानकीराम साहले जानकारी दिएका छन् । स्थानीय सरकारले जनकपुरधामका ऐतिहासिक महत्वका पोखरी र तालतलैयाहरुको सौन्दर्यीकरणमा ध्यान नदिएको समयमा प्रदेश २ सरकारले उठाएको यस कदमलाई वडावासीले समेत प्रशंसा गरेका छन् ।

जानकी सरोवरको चारैतीर घाट निर्माण, पैदल हिड्ने बाटो, लाइट र जानकीद्वारको एउटा गेट समेत बनाउने योजनामा समावेश रहेको वडाध्यक्ष साहले बताए । यस कार्यका लागि वडाध्यक्ष साहले प्रदेश २ सरकारलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्