६ गोल गर्दै चेल्सी चौथो चरणमा प्रवेश



काठमाडौंः इंग्लिस प्रिमियर क्लब चेल्सी काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

आज (बुधबार) राति भएको तेस्रो चरणको खेलमा बान्र्सलेलाई ६-० ले हराउँदै चेल्सी लिग कपको चौथो चरणमा पुगेको हो ।

चेल्सीका लागि काई हाभर्ट्जले ‘ह्याट्रिक’ गर्दा ट्यामी अब्राहम, रोस बार्क्ले र ओलिभर जिरुले एकरएक गोल गरेका थिए । सिजनमा चेल्सी प्रवेश गरेका जर्मन खेलाडी हाभर्ट्जले नयाँ क्लबका लागि पहिलो गोल गरेकै खेलमा ह्याट्रिक गरेका थिए ।

काराबाओ कप फुटबलकै अर्को खेलमा लेस्टर सिटीलाई २-० ले हराउँदै आर्सनल चौथो चरणमा पुगेको छ । खेलमा आर्सनलका लागि एन्केतियाले एक गोल गर्दा लेस्टरका डिफेन्डर क्रिश्चियन फुसले एक गोल गरेका थिए ।

तेस्रो चरणका अरु खेलहरुमा विजयी हुँदै फुल्हम, बर्न्ले, ब्राइटन, स्टोक सिटी, एभर्टन र न्यूकासल युनाइटेड पनि चौथो चरणमा उक्लिएका छन् ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्