सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि अख्तियारले मुद्दा चलाउने



काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा कदम शुरु गरेको छ ।

अख्तियारले बहालमा रहेका व्यक्तिले शुरुमा दुई महिना भित्र र त्यसपछि आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र अनिवार्य सम्पत्ति विवरण नबुझाए अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाउने चेतावनी दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) बमोजिम ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले सेवा शुरु गरेको साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक विवरण नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नु गर्नुपर्ने हुन्छ ।

यो ऐनले भने बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण नुबुझाकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाए अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाउने चेचावनी दिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले पठाएको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदनउपर’ आयोगको बिहीबारको बैठकले नयाँ निर्णय लिएको छ । अख्तियारका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा धेरैजसो शिक्षक र स्थानीय तहका पदाधिकारी रहेका छन् ।

गएको आर्थिक बर्ष २०७५र०७६ मा सङ्घीय तहका निजामती कर्मचारी २ हजार ५ सय ४ जना, नेपाल प्रहरीतर्फ १ सय ११ जना, शिक्षक तर्फका ७ हजार ६ सय १३ जना र प्रदेश निजामती कर्मचारी, सैनिक,प्रहरी र स्थायी शिक्षक बाहेकका अन्य पदाधिकारी कर्मचारीहरु १ हजार ४ सय ३२ जना र नेपाली सेनाका ४ सय ६० जनाले सम्पति विवरण बुझाएका छैनन् । यस्तै स्थानीय तहका ४ हजार ४ सय ९९ पालिका र जिल्ला तहका ३५ गरी कुल ४ हजार ५ सय ३४ जनाले सम्पत्ति विवरण बुझाएका छैनन । अख्तियारले उनीहरुलाई ५ हजार रुपैयाँका दरले जरिवानासमेत तोकेको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै आलोचना र विरोध सुरु हुन

कैलाली– कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य राम कुमारी झाँक्रीले सरकार के को लागि

काठमाडौं– कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले

काठमाडौं– कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा

काठमाडौं : हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीका बेला नागरिकलाई समान रुपमा उपचार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदबाट भागेको सरकारलाई