‘पहाड र मधेश टुक्रयाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्न संघीयता ल्याइएकाे हाे’



अर्घाखाँची :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नभए नेपाल नै नरहने चेतावनी दिएका छन् ।

 

कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजनाअनुसार संघीयता लादिएको दाबी गर्दै अध्यक्ष केसीले मुलुकमा संघीयता टिके नेपाल रहन नसक्ने जिकिर गरे ।

 

कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएकाले आफ्नो पार्टी विपक्षमा उभिएको बताए । 

 

अध्यक्ष केसीले एउटा सरकार सञ्चालनका लागि नै बिदेशीसँग हारगुहार गर्नुपर्ने देशमा सातआठ ओटा सरकार नेपाली जनताले थेग्न नसक्ने बताए । 

 

कार्यक्रममा ऐतिहासिक सराय नाच तथा विविध सास्कृतिक कार्यक्रम देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्