शाहिद कपूरलाई १०० करोडको अफर



काठमाडौं : बलिउड अभिनेता शाहिद कपूरले नेटफ्लिक्ससँग १०० करोडको डील गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले बताए अनुसार कबीर सिंहसँगै बलिउडमा फेरि चम्किएका कपूरले केहि फिल्म, वेबसीरिज र कन्सेप्ट ड्रिभन फिक्शन सीरिज उपलब्ध गराउने भएसँगै उनलाई १०० करोडको अफर आएको हो ।

उनले यो डीलको बारेमा केहि बताएका छैनन् तर उनले उक्त डील स्विकार गर्न सक्ने बताइएको छ । उनी अहिले फिल्म जर्शीको शूटिङमा छन् ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्