उतर कोरियाद्वार दक्षिण कोरियाली नागरिकको गोली हानी हत्या



काठमाडौं : उत्तर कोरियाली सेनाले आफ्ना एक अधिकारीको गोली हानी हत्या गरी जलाएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले आफ्ना अधिकारीमाथि भएको बर्बर घटनाको निन्दा गरेको छ । माछा विभागमा काम गर्ने ४७ वर्षका व्यक्तिमाथि उत्तर कोरियाले गोली हानेको दक्षिण कोरियाको भनाइ छ ।

गस्ती डुंगामा रहेका आफ्ना अधिकारी उत्तर कोरियाको सीमा क्षेत्रबाट बेपत्ता भएको र पछि ती व्यक्ति उत्तर कोरियाको जल क्षेत्रमा फेला परेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाका सैनिकले ती व्यक्तिलाई गोली प्रहार गरेको र त्यसपछि तेल खन्याएर आगो लगाएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले दाबी गरेको छ । विविध कूटनीतिक सूचनाको विश्लेषणका आधारमा निष्कर्षमा पुगिएको पनि दक्षिण कोरियाले बताएको छ ।

घटनाबारे उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सीमा नाकामा कडाई गरेको छ भने अपरिचित देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्