सीमापार आतंकवाद, अवरुद्ध सम्पर्क र अवरोध व्यापार मुख्य चुनौती



नयाँ दिल्ली– भारतका विदेशमन्त्री डा. एस जयशंकरले आज बिहीबार सर्कका विदेश मन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गरेका छन् ।

उनले भारतको नेबरहुड प्रथम नीतिप्रति प्रतिबद्धता र एकीकृत, सुरक्षित र समृद्ध दक्षिण एशिया निर्माणको प्रतिबद्धता गरिएको जानकारी दिएका छन् ।

त्यसैगरि उनले छिमेकी मुलुककलाई समर्थनमा जोड दिएको पनि जानकारी गराए । सीमापार आतंकवाद, अवरुद्ध सम्पर्क र अवरोध व्यापार तीन मुख्य चुनौतीहरू रहेको भन्दै यो सार्कले पार गर्नुपर्ने उनको भनाई छ । त्यसपछि मात्रै दक्षिण एशिया क्षेत्रमा स्थायी शान्ति, समृद्धि र सुरक्षा देख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्