प्रधानमन्त्रीज्यू हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको धारणा व्यक्त गरेको छ ।

लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद रहेको भन्दै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत नभएको बताएको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ भएको र अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र गरिएको बताए ।

संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील र आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्