महिलाको हत्यापछि फरार भएका आरोपी पक्राउ



ललितपुर– पाँच वर्षअघि लेलेमा महिलाको हत्या गरी फरार भएका आरोपी पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार सिराहा घर भइ काठमाडौंको मैतिदेवी बस्ने २४ वर्षीय रविकुमार यादवलाई पक्राउ गरेको हो।

दुई जना पुरूषले २०७२ साल बैशाख १५ गते बिहान साढे नौ बजे गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा ईटहरी नगरपालिका ४ घर भई ललितपुरको चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्या गरेका थिए।

परियारको घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए। महाशाखाले पुरानो घटनाको अनुसन्धान गर्न बनाएको विशेष टोलीले यादवलाई पक्राउ गरेको हो।

एसएसपी थापाका अनुसार रविकुमार यादवलाई पक्राउ गर्न लगातार निगरानीसहित सूचना संकलन गरिँदै आएको थियो।

घटनापछि यादव भारतस्थित बैङ्लोर गएका थिए। उनी केही दिन देखि काठमाडौंमा आएको भन्ने खबर पाएपछि प्रहरीले खोजी थालेको थियो। उनलाई बिहीबार मैतिदेबीबाट पक्राउ गरेको थियो।

त्यस्तै यस घटनामा संलग्न अर्का व्यक्तिको पनि खोजी भइरहेको एसएसपी थापाले बताए। उनका अनुसार ती व्यक्ति भारतमा रहेको खुलेको छ।

यादवमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी वृत्त, चापागाँउमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय