पेप्सीकोलामा डेरा खोज्दै आउनेले घरधनीको सिक्री लुटेर भागे !



काठमाडौं : काठमाडौंको पेप्सीकोलामा कोठा खोज्दै पुगेका दुईजना युवाले घरधनीको सुनको सिक्री लुटेर भागेका छन् । बिहिबार साँझपख पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै दुईजना युवा पुगेका थिए ।

भुँईतल्लामा रहेको दुईवटा कोठा मासिक १० हजार तिर्नेगरी डिल भएपछि उनीहरुले सोधे– ‘घरमा को–को बस्छन् ?’ घरधनी पवित्राले दोस्रो तल्ला भाडामा दिएको र तेस्रो तल्लामा छोरो बस्ने जानकारी गराएपछि उनीहरुले ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ चेतावनी दिए ।

त्यसपछि उप्रेतीले डराएर १ तोलाको सिक्री फुकालेर दिइन् । सिक्री लिएपछि दुईजोर चप्पल छाडेर लुटेरा स्कुटरमा भागेको बताइएको छ । ‘घर नै लुटेको’ खबर आएपछि प्रहरी उनको घरमा पुगेको थियो ।

लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । उनले भने–‘हामी खोज्दै छौं, लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ भुँईतलाको दुईवटा कोठा लकडाउनपछि खाली भएको थियो । कोठा भाडामा लगाउने लोभमा पवित्रा अनाहकमा लुटिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो