काठमाडौँ : पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३:३० बजे पुग्दा मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए ।
एक दिनमा २ सय ८० जनालाई मात्र जाँच गर्दै आएको अस्पतालले अघिल्लो सातादेखि यो संख्या बढाएर ५/६ सय सम्म पुर्याएको छ ।
तैपनि ती सबैको पीसीआर परीक्षण भने हुँदैन, चिकित्सकले सोधपुछ र जाँचका क्रममा ‘आवश्यक पर्ने’ ठानिएका व्यक्तिको मात्र परीक्षण गरिन्छ ।
कान्तिपुर दैनिकबाट