सिटी र लिभरपुल लिग कपको चौथो चरणमा प्रवेश



काठमाडौंः डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई २-१ ले हराएर लिग कपको चौथो चरणमा प्रवेश गरेको छ ।

सिनसिल बेङ्क स्टेडियममा भएको खेलमा लिभरपुलले ७(२ को फराकिलो जित निकालेको हो । खेल सकिन १५ मिनेट अगाडि फिल फोडेनले निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको पछिल्ला तीन संस्करणका विजेता सिटीले आफ्नो दोस्रो रोजाईका खेलाडी बाहुल्य रहेको टिमलाई उतारेको थियो ।

कम समयमा धेरै खेल्नु पर्ने हुनाले अधिकांश ठूला टिमले यस प्रतियोगितामा युवा खेलाडी सम्मिलित टिम उतार्ने गरेका छन् । सिटीले बर्नमाउथविरुद्ध भने लियान डेलापको गोलले अग्रता लिएको थियो ।

बर्नमाउथका तर्फबाट साम स्टुरेजले गोल गरेका थिए । अब सिटीले बर्नलीविरुद्ध अन्तिम १६ को खेलमा खेल्नेछ । लिभरपुलले लिन्कनलाई ७-२ ले हरायो । लिभरपुलको जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले २-२ गोल गरेका थिए ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्