ग्लोबल बैंक र होटल महासंघबीच सम्झौता



काठमाडौंः ग्लोबल आईएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ ।

महासंघमा आबद्ध होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र सरलताका साथ बैंकिङ कारोबारको पहुँचमा ल्याउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हीराध्वज शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्