घरको छतबाट लडेर बालिकको मृत्यु



विराटनगरः झापाको बिर्तामोड ५ मामा घर गएकी बालिकाको छतबाट लडेर मृत्यु भएको छ ।

१३ वर्षीय कृतिका भण्डारीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएराति १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका घाइते भएकी थिइन् ।

उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । उनी पाँच दिन अगाडि मात्र काठमाडौंबाट मावली घरमा गएकी थिइन् । उनी चारतला माथिबाट खसेकी हुन् ।

त्यस्तै सुनसरीको धरान १४ दुईधारे बस्ने विष्णु राईको ३ वर्षीया छोरी एबिसाको रुखको हांगाले लागेर मृत्यु भएको छ । आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि रुखको हाँगा झरेर टाउकोमा लाग्दा एबिसा घाइते भएकी थिइन् । धरानबाट थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनामा सँगै रहेकी दिदी ८ वर्षीया नेबिसा राई पनि घाइते भएकी छिन् । उनको बीपी प्रतिष्ठान धरानमा उपचार भैरहेको प्रहरीको भनाइ छ ।

प्रकाशितः ९ असोज, २०

प्रतिक्रिया दिनुहोस्