भ्यागुते रोगबाट ६० पशु चौपाया मरे



गाइघाट : उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका–८ सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताए ।

अहिले प्रदेश पशुपन्छी विकास मन्त्रालय र बेलका नगरपालिकाको पशु शाखाको सहयोगमा रोग विस्तारै नियन्त्रण हुँदै गएको अर्का स्थानीय भोजनप्रसाद दाहालले बताए । शुरुमा पशुको घाँटी सुन्निने, मुखबाट र्याल निस्कने र श्वासप्रश्वास फेर्न गाह्रो भएर पशु मर्ने गरेको दाहालले बताए । रोग लागेको दुईदेखि तीन दिनभित्रै पशु मर्ने गरेको बताइएको छ ।

नगरपालिका पशुशाखाका प्रमुख पुष्प बुढाथोकीका अनुसार दुई हप्ताअघि सिसौलीया क्षेत्रका कृषकको घरपालुवा पशु चौपायमा नयाँ रोग देखा परेको हो । उनले जनवार मर्न थालेपछि प्रदेश पशुपन्छी मन्त्रालयसँग सहयोग मागेर अनुसन्धान गर्दा भ्यागुते रोग पुष्टि भएपछि अहिले सोहीअनुसार सुई प्रयोग गर्न थालेकोले नियन्त्रण हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय

काठमाडौं : राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने