सशस्त्रको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा छाङ्गरुमा



काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न शुक्रबार दार्चुलाको छाङ्गरु गएका हुन् । दार्चुलाको छाङ्गरुमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन १० करोड लागतमा बन्ने छ ।

गृहमन्त्री थापासँगै सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने पनि दार्चुला गएका छन् । उनीहरु काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकमा बिहान ९ बजे सुर्खेत गएका हुन् । त्यहाँबाट सेनाकै हेलिकप्टरमा दार्चुलाको छाङ्गरु जाने कार्यक्रम छ ।

गृहमन्त्री थापाले गुल्मको शिलान्याससँगै सो क्षेत्रको अनुगमनसमेत गर्ने छन् । गत २९ असारमा बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्