पेट्रोल ट्यांकर दुर्घटना शंकास्पद, छानबिन गर्न पत्राचार



काठमाडौं : गएको असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै नेपाल आयल निगमले नेपाल प्रहरीलाई छानबिनका लागि पत्राचार गरेको छ ।

दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो प्रमुख प्रदिपकुमार यादवले बताए ।

‘पहिलेदेखि नै दुर्घनामा परेको ट्यांकर चालकको भूमिका शंकास्पद थियो, पछिल्लो समयमा मिसावटमा कडा कारबाही हुन थालेपछि दुर्घटना गराइएको आंशकामा अनुसन्धान गर्न भनिएको हो,’ डिपो प्रमुख यादवले भने । थानकोट डिपोमा ट्यांकर नआईपुग्दै उक्त ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएपनि त्यसको आधिकारिक पुष्टि भने भईनसकेको उनले बताए ।

असोज ४ गते बिहानको दुई बजे नदीमा खसेको २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहे पनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो । दुवै जनालाई हिरासतमा लिएर अहिले गजुरी प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ