प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा बुढाथोकी



काठमाडौं : प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको हो ।

यसअघि किशोर श्रेष्ठले काउन्सिलको कार्यबाहक अध्यक्षबाट राजीनामा दिएका थिए । श्रेष्ठले कार्यबाहक अध्यक्षबाट राजीनामा दिए पनि काउन्सिलको सदस्य पदमा भने रहिरहनेछन् । प्रेस काउन्सिल ऐनमा बोडै बैठकले कार्यबाहक अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार श्रेष्ठ कार्यबाहक अध्यक्ष चयन भएका थिए ।

सरकारले भवानी बराललाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि त्यसविरुद्ध श्रेष्ठले सर्वाेच्चमा रिट निवेदन दिएका थिए । सर्वाेच्चले त्यस रिटमा अन्तरिम आदेश जारी गरेर श्रेष्ठलाई कार्यबाहकमा निरन्तरता दिएको थियो ।

केही दिनअघि मात्र सरकारले पुनः श्रेष्ठलाई कार्यबाहक अध्यक्षबाट हटाएपछि सर्वाेच्चले अन्तरिम आदेश दिएको थियो । काउन्सिलका नयाँ कार्यबाहक अध्यक्ष बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन् । उनी २०७५ साउनमा काउन्सिलको सदस्य नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्