बिपी प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरीका ७० र मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको राजविराज नगरपालिका ३ का संक्रमित गजेन्द्र नारायण सिंह अस्पतालबाट ज्वरो, खोकी श्वासप्रश्वासमा र निमोनिया जस्ता समस्याको कारणले रिफर भइ उपचार गर्न गुगेका थिए ।

उनमा २५ गते कोरोना पुष्टि भएको थियो । प्रतिष्ठानमा २८ गते भर्ना भएका संक्रमित ८ गते राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

त्यसै गरी, मोरङ जिल्ला कानेपोखरी गाउँपालिका १ का ५५ वर्षीय पुरुषको गए राति ८ बजे मृत्यु भएको थियो । संक्रमित प्रतिष्ठानको सर्जिकल वार्डबाट रिफर भएका थिए । उनको आन्द्राको क्यान्सर र जटिल शल्यक्रिया भएको सापकोटाले जानकारी दिए ।

५ गते परीक्षण गरी ८ मा पुष्टि भएर कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्