विराट कोहलीलाई १९ लाख जरिवाना



नयाँदिल्ली : आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली जरिवानामा परेका छन् ।

किंग्स-११ पञ्जावविरुद्धको खेलका दौरान ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू) जरिवाना गरिएको हो ।

कोहलीले दुई पटक क्याच छाडेको खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो । आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उल्लंघन’ सँग सम्बन्धित नियम अनुसार कोहलीमाथि जरिवाना गरिएको छ ।

दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए । राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहदा कोलहीले क्याच मिस गरेका थिए ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्