बिहारको निर्वाचन ३ चरणमा हुने



नयाँदिल्ली : भारतको निर्वाचन आयोगले बिहारको विधानसभा निर्वाचन ३ चरणमा गर्ने घोषणा गरेको छ ।

आयोगले गरेको घोषणा अनुसार अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा निर्वाचन हुनेछ । मतगणना भने नोभेम्बर १० मा हुनेछ ।

घोषणा अनुसार पहिलो चरणमा अक्टोबर २८ मा १६ जिल्लामा ७१ सिटको लागि निर्वाचन हुने छ । नोभेम्बर ३ मा १७ जिल्लाको ९४ सिटको लागि निर्वाचन हुनेछ भने अन्तिम चरणमा १५ जिल्लाको ७८ सिटको लागि निर्वाचन हुनेछ ।

निर्वाचन आयोगले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कताको उपाय अपनाइने बताएको छ । त्यसका लागि मतदानको समय पनि एक घण्टा बढाइएको छ । कोरोना संक्रमित मानिसहरुले भने अन्तिमको एक घण्टामा मतदान गर्न पाउने छन् ।

भारतमा कोरोनाको महामारी आएपछिको यो पहिलो निर्वाचन हुनेछ । बिहारमा जम्मा २४३ सिट छ भने सरकार बनाउन १२२ सिट आवश्यक पर्छ । बीबीसी

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान