भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन



काठामाडौंः ४० हजार गीत गाएका भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ ।

७४ वर्षको उमेरमा बालासुब्रमण्यले शुक्रवार चेन्नईको एक अस्पतालमा अन्तिम श्वास लिएका हुन् । उनले ६ पटक नेशनल अवार्डसमेत पाएक छन् । पछिल्ला दिनहरुमा उनको स्वास्थ्य अवस्था विग्रिँदै गएको थियो ।

उनलाई ५ अगस्टमा कोरोना पोजेटिभ देखिएको थियो । चेन्नईको एक निजी अस्पतालमा उपचारपछि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । बलिउडमा बालासुब्रामण्यमको स्वरलाई सलमान खानको भनेर चिनिन्थ्यो ।

आफ्नो करियरमा उनले विभिन्न भाषामा ४० हजार बढी गीत गाएका छन् भने ६ पटक नेशनल अवार्ड जितेका छन् । मैंने प्यार क्यू किया, हम आपके हैं कौनु, यी सबै फिल्ममा बालासुब्रामण्यमकै आवाज छ ।

चेन्नई एक्प्रेसको टाइटल गीत पनि बालासुब्रामण्यमले नै गीत गाएका थिए । सन् ८० को दशकदेखि उनले निरन्तर गीत गाएका छन् । दक्षिण भारतमा जन्मिएका उनको राम्रो क्रेज छ । उनी मोहम्मद रफीका फ्यान थिए । गायनका साथै संगीत निर्देशनमा पनि उनले काम गरेका थिए । बालासुब्रमण्यमले ६० को दशकदेखि गाउन सुरु गरेका थिए । एजेन्सी

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्