लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै हुने



काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

आयोगले बिहीबार गरेको निर्णय अनुसार अधिकृत तह र नायव सुब्बा तहको परीक्षा कार्तिक १८ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

आयोगकी प्रवक्ता गीताकुमारी होमागाईँका अनुसार न्याय सेवा तर्फको अधिकृत तहको जाँच कार्तिक १८ गते प्रथम, १९ गते द्धितीय र २० गते तृतीय विषयको परिक्षा हुनेछ । त्यस्तै व्यवस्थापिका संसद सेवाको २१ र २२ गते हुनेछ ।

आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद सेवा तर्फको परिक्षा कार्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ । अधिकृत तहको परिक्षा गत चैत १७ गतेदेखि तोकिएको मा ११ गते नै लक डाउन हुँदा आयोगले सम्पूर्ण परिक्षा स्थगित गरेको थियो ।

उनका अनुसार नासु तहको परिक्षा मंसिर ७ गतेदेखि सुरु हुनेछ । सुब्बाको द्धितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परिक्षा ७ गते र तृतीय पत्र सेवा अुनसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्