ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण



काठमाडौं : ललितपुर महानगरपालिकामा मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरका मेयर राजु महर्जनले पाटन अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट आज संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मेयरलाई सन्चो नभएपछि बिहीबार स्वास्थ्य जाँच गराउन पाटन अस्पताल पुगेका थिए । ‘टाउको दुखेर शरीरलाई असहज भएपछि उहाँ स्वास्थ्य जाँच गराउन पाटन अस्पताल जानु भएको थियो ।’ प्रवक्ता महर्जनले भने,‘चिकित्सकको सल्लाह अनुसार पिसिआर जाँच गराउँदा आज रिपोर्ट पोजेटिभ देखिएको खबर आयो ।’ कोरोना जाँच गरेपछि हिजैदेखि महर्जन होम आइसोलेसनमा छन् ।’

प्रवक्ता महर्जनले भने,‘उहाँ अहिले होम आइसोलेसनमा हुनुहनुन्छ, हामीले कन्ट्याक्ट ट्रेसिङसहितका काम अघि बढाएका छौं । अहिलेलाई मेयरको अवस्था सामान्य छ ।’ यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना पुष्टि भएको थियो । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ पनि कोरोना संक्रमित भएका छन् ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्