प्रहरी समायोजन नटुंग्याए अदालत जाने प्रदेश २ को चेतावनी



जनकपुर : एक साताभित्र प्रहरी समायोजनको काम नटुंग्याए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश २ सरकारले चेतावनी दिएको छ । लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन प्रदेशले शुक्रबार गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेको छ ।

प्रहरीको खटनपटन, कार्यसम्पादन, समन्वय र सुपरिवेक्षणको जिम्मेवारीलगायत प्रदेश सरकारलाई तोकिएको प्रहरी समायोजनको काम अझै नटुंगिएकोमा प्रदेश २ सरकार रुष्ट छ । समायोजन ऐनअनुसार प्रदेशमा खटिएका प्रहरीको कार्य सम्पादन र खटनपटन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिइको छ । ‘चैतमै समायोजन टुंग्याउनुपथ्र्यो, तर कोरोनालगायतको बहना बनाउँदै समायोजन प्रक्रिया अनावश्यक लम्ब्याइएको छ,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘एक साताभित्र प्रहरी टुंगो नलागे हामी संवैधानिक अदालतमा मुद्दा हाल्छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ माघमै प्रहरी समायोजन विधेयक प्रमाणीकरण गरिसकेकी छन् । प्रदेश २ सरकारले प्रदेश प्रहरी विधेयक अरू प्रदेशभन्दा पहिला पारित गरे पनि प्रहरी समायोजन ऐनलाई कुर्दै आफ्नो प्रहरी भर्ना थालेको छैन । कान्तिपुर दैनिकमा अजित तिवारीले लेखेका छन् ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफ्नो कदमलाई संवैधानिक दावी गर्दै

काठमाडौं : विश्वमा कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा