प्रहरी समायोजन नभए सर्वोच्च जाने मुख्यमन्त्री राउतको चेतावनी



जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साता भित्र प्रहरी समायोजन नगरे अदालत जाने चेतावनी दिएका छन् । उनले प्रहरी समायोजन गरि सञ्चालनको अधिकार प्रदेशलाई दिनुपर्ने माग गरेका हुन् ।

मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र सोही आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइसकेको भएपनि समायोजनमा आलटाल गर्नु संविधान विपरित रहेको टिप्पणी गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले हिजो मात्रै संघीय मन्त्रालयमा पत्र लेखी प्रहरी खटनपटनको जिम्मा दिन आग्रह गरिसकेको हुँदा उक्त अवधिमा खटन पटनको अधिकार प्रत्योजन नगरिए बाध्य भएर सर्वोच्चको सवैधानिक बेञ्च जाने चेतावनी दिएका छन् ।

गत माघ महिनामै प्रमाणिकरण भएको ऐनलाई कार्यान्वयनमा नल्याउनु संघीयता प्रतिको बेइमानी रहेको उल्लेख गर्दै उनले संघीय सरकारको रबैया केन्द्रिकृत मानसिकता रहेको टिप्पणी समेत गरे ।

विभिन्न बहानामा संघीयतालाई नै फेल गराउने प्रयास संघीय सरकारबाट भईरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संघीयतालाई फेल गराउने खेलमा लाग्नेहरु आफै समाप्त हुने चेतावनी समेत दिए ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्