धारिलो हत्यार प्रहारबाट रौतहटमा पत्नीको मृत्यु, पति गम्भीर



रौतहट : रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार बेलुकी एक दम्पतीमाथि आक्रमण हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका हुन् । स्थानीय जगरनिया देवीको हत्या भएको हो ।

बेलुकी १० बजेतिर खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सोनियालाल र प्रदीप भने फरार छन् ।

पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगञ्ज लगिएकामा पत्नीको मृत्यु भएको छ थियो भने महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्