कैलालीका बाढी पीडितलाई त्रिपाल वितरण



काठमाडौंः भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका बाढी तथा पहिरो पीडितहरूका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल भारत महिला मैत्री समाज की अध्यक्ष एवं सांसद चन्दा चौधरीले १०५ टेन्ट तथा १६० त्रिपाल चुरे गाउँपालिकाको कार्यालय परिसरमा चुरे गाउँपालिकाका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्तालाई हस्तान्तरण गरेकी छिन् ।

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरको अध्यक्षतामा भएको एक कार्यक्रममा संस्थाकी अध्यक्ष चौधरीले उक्त टेन्ट सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा अध्यक्ष एवं सांसद चौधरीले नेपालका ५ जिल्लाका बाढी पहिरोबाट पीडित परिवारहरूलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज ले राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको जानकारी दिइन् ।

उनले आफ्नो संस्थाले यस वर्ष तथा अघिल्ला वर्षमा बाढी पहिरोबाट सबैभन्दा धेरै विस्थापित भएका स्थानीय तहहरूलाई अस्थायी बास स्थानको प्रबन्ध मिलाउन सहयोग गरेको र यो वर्ष लगायत पहिलेका वर्षबाट पनि कैलालीमा चुरे गाउँपालिकामा पहिरोबाट धेरै परिवार र गोदावरी नगरपालिकाका पनि परिवारहरु विस्थापित भएको भन्दै यी टेन्ट तथा त्रिपाल स्थानीय तहहरूलाई वितरण गरिएको जानकारी दिइन् ।

कार्यक्रममा चुरे गाउँपालिकाकी उपाध्यक्ष दिया देवी साउँदलगायत वार्ड १, र ६ का अध्यक्ष, राजनैतिक दल का स्थानीय नेताहरुको उपस्थिति थियो ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्