कैलालीका कोरोना संक्रमित युवकको चितवनमा मृत्यु



काठमाडौं : भरतपुरस्थति चितवन मेडिकल कलेजमा थप एक जना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

कैलाली गोदावरी नगरपालिका वडा नं.१ का ३० वर्षका युवाको उपचारका क्रममा मृत्यु भएको मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । शुक्रवार मृगौलासम्बन्धी दिर्घरोग र श्वास प्रश्वासमा समस्या आए पछि भर्ना भएका युवकको उपचारका क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा (कोभिड-१९) को परीक्षण गरी इमरजेन्सी आइसियूमा उपचारका क्रममा उनको मृत्यु भएकोमा शनिवार संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यसअघि शनिवार बिहान नै अर्का एक कोभिड संक्रमितको चितवन मेडिकल कलेज अस्पतालमा मृत्यु भएको थियो ।

मकवानपुर जिल्ला हेटौँडा नगरपालिका वडा नं.९ का ७४ का पुरुषको मृत्यु भएको थियो । अस्पतालमा ३ गते श्वास प्रश्वास तथा निमोनिया को समस्या भई भर्ना भएका उनमा ९ गते शुक्रवार कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा शनिवार १० गते विहान १२:१८ बजे मृत्यु भएको डा.लम्सालले जानकारी दिए ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्