‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

शनिबार मध्याह्न भेला भएर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीले बोकेको प्रधानमन्त्री ओलीको तस्वीर अंकित पोस्टरमा ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको थियो ।

प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शमा उत्रिएका युवाहरु डा.गोविन्द केसीका समर्थकहरु हुन् ।

अनसनरत डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्