सुदूरपश्चिमका थप एक कोरोना संक्रमितको मृत्यु



धनगढी : सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नं.३ का अन्दाजी ३० वर्षीय पदम बोहोरामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधी मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए । भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नं.१ को लामाधारमा मृत भेटिएका थिए ।

मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १८ पुगेको छ ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्